गाउँमा पसेको बँदेललाई धपाउन खोज्दा उल्टै ७७ वर्षीय वृद्ध माथि जाइ लाग्यो बँदेलको बथान – OSNepal

गाउँमा पसेको बँदेललाई धपाउन खोज्दा उल्टै ७७ वर्षीय वृद्ध माथि जाइ लाग्यो बँदेलको बथान

Osnepal January 26, 2022 0

जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन् । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । सोमबार साँझ जङ्गलबाट गाउँपसेका जङ्गली बँदेललाई धपाउन खोज्दा उनीहरुमाथि आक्रमण गरेको हो ।

आक्रमणबाट जोशीसहित स्थानीय बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए । अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.