नेपाली चलचित्रमा काम पाउन छाडेपछि भोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल — OSNepal

नेपाली चलचित्रमा काम पाउन छाडेपछि भोजपुरी फिल्ममा करिअर खोज्दै शिल्पा पोखरेल

LC (KTM) January 26, 2022 0

काठमाडौ । पति छविराज ओझासँग दाम्पत्य सम्बन्धमा खटपट आएपछि अभिनेत्री शिल्पा पोखरेल गत वर्षबाट बारम्बार विवादमा आईरहेकी छिन् । यसको असर उनको अभिनय करिअरमा पर्न थालेको छ । विवादकै कारण उनले नेपाली चलचित्रमा काम पाउन छाडेपछि यी अभिनेत्री पछिल्लो समय भोजपुरी चलचित्र तर्फ केन्द्रित हुन थालेकी छिन् ।

नेपाली अभिनेता विराज भट्ट केही वर्ष देखि भोजपुरी फिल्ममा व्यस्त छन् । अभिनेत्री शिल्पा पोखरेल पनि भोजपुरी फिल्ममै केन्द्रित हुने भएकी छिन् । नेपाली चलचित्रको निर्माण घटिरहेको बेला अब उनले भोजपुरी चलचित्रमा आफ्नो करिअर बनाउने बताएकी छिन् । अहिले भोजपुरी फिल्मको लागि भारतमा रहेकी उनले भारतीय सञ्चार माध्यमसँग अब आफु भोजपुरी फिल्ममै केन्द्रित हुने बताएकी हुन् ।

यी अभिनेत्री यतीबेला दुई वटा भोजपुरी चलचित्रमा जोडिएकी छिन् । उनी दुई भोजपुरी चलचित्र ‘निरहुआ चलल लन्डन २’ र ‘हनुमान की गली’ मा जोडिएकी हुन् । अभिनेत्री शिल्पा अहिले यो दुई वटा चलचित्रको लागि तयारी गरिरहेकी छिन् ।राजधानि दैनिकमा खबर छ । यस अघि निर्माण भएको निरहुआ चलल लन्डन हिट भएपछि अहिले यसको सिक्वेल निर्माण हुन लागेको छ । सो फिल्ममा दिनेश लाल यादव निरहुआ थिए ।

यी दुबै फिल्मको शुक्रबार निर्माण घोषणा गरिएको हो । दुवै फिल्मको मुख्य नायकमा दिनेश लाल यादव निरहुआनै छन् । उनी भोजपुरी फिल्मका व्यस्त नायक हुन् । यी दुबै फिल्मको निर्देशन सोनु खत्रीले गर्दैछन् ।

भनेत्री शिल्पाले यस अघि भोजपुरी फिल्म ‘जय शम्भु’ बाट भोजपुरी यात्रा सुरु गरेकी थिईन् । फिल्म जय शम्भु निकै रुचाईयो । उनको अभिनयलाई भोजपुरी दर्शकले रुचाए । त्यसपछि उनले अर्को भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा मुख्य भूमिका निर्वाह गरिन् । त्यसपछि अहिले उनलाई एकसाथ यी दुई फिल्मको काम आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर