बिराटनगरमा आज एकै दिन २३३ जनामा कोरोना संक्रमण , प्रदेश १ मा १ हजार १ सय ४३ जना संक्रमित — OSNepal

बिराटनगरमा आज एकै दिन २३३ जनामा कोरोना संक्रमण , प्रदेश १ मा १ हजार १ सय ४३ जना संक्रमित

LC (KTM) January 26, 2022 0

प्रदेश १ म पछिल्लो २४ घण्टामा १ हजार ४०७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र १ हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा ७६८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९९, झापामा १५६, सुनसरीमा १२०, धनकुटामा ११, उदयपुर र इलाममा ६–६, तेहृथुममा ३, पाँचथरमा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा २३३, बेलबारीमा २०, सुन्दरहरैचामा ८, कटहरीमा ७, बुढीगंगा र रंगेलीमा ६–६, उर्लाबारीमा ४, ग्रामथान र पथरीशनिश्चरेमा ३–३, रतुवामाई र सुनबर्षीमा २–२, कानेपोखरी, लेटाङ, मिक्लाजुङ, जहदा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ । झापाको विर्तामोडमा ३९, दमकमा २५, भद्रपुरमा २४, कनकाई र अर्जुनधारामा १४– १४, मेचीनगरमा १२, गौरादहमा ५, हल्दिबारी, बुद्धशान्ति र शिवसताक्षीमा ४–४, गौरीगञ्ज र कमल गाउँपालिकामा ३–३, बाहृदशीमा २, कचनकवल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ५९, इटहरीमा ४२, रामधुनी र स्थानीय तह नखुलेका ४–४, इनरुवामा ३, भोक्राहानरसिंह र बराहक्षेत्रमा २–२, दुहवी, हरिनगर, बर्जु र कोशी गाउपलिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ११, उदयपुरको त्रियुगामा ४, चौदण्डी र बेलकामा १–१ जनामा देखिएको छ । इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २ र स्थानीय तह नखुलेका १, तेहृथुमको म्याङलुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२३ महिला र १४९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार १८५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर