सामाजिक बिकासमन्त्री जयराम यादवले खोप केन्द्रको अनुगमन पछि भने- खोप नपाएर कुनैपनि नागरिक फर्कन नपरोस् — OSNepal

सामाजिक बिकासमन्त्री जयराम यादवले खोप केन्द्रको अनुगमन पछि भने- खोप नपाएर कुनैपनि नागरिक फर्कन नपरोस्

LC (KTM) January 26, 2022 0

समय मिल्यो कि प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव सधै अनुगमनमा निस्कने गर्नुभएको छ । यसैक्रममा उहाले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गर्नुभएको छ । कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गर्नु भएको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो ।

मन्त्री यादवले विराटनगरका १३, १४, १७ र १८ नम्वर वडाका खोप केन्द्रहरुमा पुगेर अनुगमन गर्नुभएको थियो । उहाँले लक्षित वर्गहरुले खोप पाए÷नपाएको अवस्थाबारे खोप केन्द्रका स्वास्थ्यकर्मीहरुसँग जानकारी लिनुभएको थियो । उहाँले लक्षित वर्गहरुबाट खोप नपाएको भन्ने गुनासो नआउने गरि काम गर्न निर्देशन दिनुभयो । उहाँले खोप केन्द्रमा आएका कुनैपनि व्यक्ति खोप नपाएर फर्कनु नपरोस् भन्नुभयो ।

मन्त्री यादवले स्वास्थ्य मापदण्ड पालना गरि खोप लगाउन र अनावस्यक भीडभाड नगर्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो,‘ कसैको निर्देशनमा भन्दा पनि खोप केन्द्रमा आएका व्यक्तिहरुलाई पालैपालो खोप लगादिनुहोस् ।’ खोप केन्द्रमा आएका व्यक्तिहरुलाई मन्त्री यादवले कुनै गुनासो भए तुरुन्त आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । उहाँले आज अनुगमन गर्नु भएका ४ वडाका खोप केन्द्रमा आएका स्थानीयवासी र स्वास्थ्यकर्मीहरुसँग जानकारी लिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर