१ वर्षसम्मको कैद माग गर्दै अख्तियारले दायर गर्यो पूर्वकप्तान हरि खड्काविरुद्ध मुद्दा — OSNepal

१ वर्षसम्मको कैद माग गर्दै अख्तियारले दायर गर्यो पूर्वकप्तान हरि खड्काविरुद्ध मुद्दा

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रविणता प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै मुद्धा दर्ता दायर गरेको हो ।

प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुनको लागि खड्काले बाराणसीबाट जारी भएको प्रविणता प्रमाणपत्र पेश गरेको अख्तियारले दावी गरेको छ ।

खड्काले सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । त्यसपछि प्रमाणपत्रको विवाद आएपछि उनले राजीनामा दिएका थिए ।

अख्तियारले भ्रष्टाचार निवारण ऐनको दफा १६ को १ अनुसार ६ महिनादेखि १ वर्षसम्म कैद र दशदेखि २० हजारसम्म जरिवाना सजाय समेत माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर