रुपन्देहीमा जङ्गलमा भेटिएकी छ बर्षिय बालिका र महिलाको शवको अझै सनाखत हुन सकेन — OSNepal

रुपन्देहीमा जङ्गलमा भेटिएकी छ बर्षिय बालिका र महिलाको शवको अझै सनाखत हुन सकेन

LC (KTM) January 26, 2022 0

रुपन्देहीको देवदहमा फेला परेका शवको अझै पहिचान हुन सकेको छैन । देवदह नगरपालिका–९ घोडाहास्थित पूर्वपश्चिम राजमार्गको दक्षिणपट्टि जङ्गलमा मङ्गलबार भेटिएको एक बालिका र महिलाको शवको अझै सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा हत्यापछि फालिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिए पनि सनाखत नहुँदा समस्या भएको प्रमुख केसीले बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलको सूचनामा तराई मूलको जस्ते देखिने रातो ब्लाउज र रातो ज्याकेट लगाएकी अन्दाजी ३४÷३५ वर्षीय महिला र पहेँलो छिर्केमिर्के सट, निलो पाइन्ट र रातो टोपी लगाएकी अन्दाजी छ÷सात वर्षीय बालिकाको शवको सनाखत तथा परिवारको खोजी गरिदिन सहयोगका लागि सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर