साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता — OSNepal

साउदी अरबका युवराज र थाइल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता

LC (KTM) January 26, 2022 0

रियाद, १२ माघ-साउदी अरबका युवराज मोहम्मद विन सल्मान विन अब्दुलाजिज अल साउद र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चान बीच भेटवार्ता भएको छ ।
साउदी अरबको राजधानी रियादमा उहाँहरुका बीचमा मङ्लबार भेटवार्ता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भेटवार्ताका क्रममा उहाँहरुले दुई पक्षीय चासो, सरोकारका विषयमा छलफल गर्नु भएको समाचारमा जनाइएको छ । त्यसैगरी आपसी सम्वन्धलाई थप बलियो बनाउने, सहकार्य बढाउनेलगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।साउदी अरबका युवराजको मैत्रीपूर्ण निमन्त्रणामा थाइल्याण्डका प्रधानमन्त्री रियाद आउनु भएको हो ।झण्डै तीन दशकपछि पहिलो पटक थाइल्याण्डका सरकार प्रमुखले साउदी अरबको औपचारिक भ्रमण गर्नुभएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर