संघर्षपुर्ण जित निकाल्दै इजिप्ट अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश — OSNepal

संघर्षपुर्ण जित निकाल्दै इजिप्ट अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश

LC (KTM) January 26, 2022 0

संघर्षपुर्ण जित निकाल्दै इजिप्ट अफ्रीका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्ट अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले आइभरी कोस्ट क्वाटरफाइनलमा स्थान बनाउन चुकेको हो ।

प्रतिस्पर्धात्मक खेलको निरधारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा इजिप्टले बाजी मार्यो ।पेनाल्टीमा इजिप्टका जिजो,अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमद सलाहले गोल गरे ।

आइभरी कोस्टका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गरे ।तर, एरिक बाइ पेनाल्टीमा चुक्दा आइभरी कोस्ट बाहिरिएको हो ।अब इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।​मालावीलाई २(१ गोल अन्तरले हराउँदै मोरक्को अन्तिम आठमा पुगिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर