प्रहरीको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का बिरुद्ध अख्तियारद्धारा मुद्धा दायर — OSNepal

प्रहरीको जागिर खान नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का बिरुद्ध अख्तियारद्धारा मुद्धा दायर

LC (KTM) January 26, 2022 0

नेपालका चर्चित फुटबल खेलाडी हरि खड्का फ्यानहरुलाई एकदमै दुःखद खबर आएको छ । उनि बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान समेत रहेका खड्काविरुद्ध नेपाल प्रहरीमा जागिर खान शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको प्रमाणित भएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

अखिल नेपाल फुटबल संघ एन्फाका महिला विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालि राखेका खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ ।

नक्कली प्रमाणपत्र देखाएर नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई आफू समेतलाई लाभ हुने बदनियत राखेको कसुरमा उनी दोषी ठहर भएकाले बुधबार बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनले यस बिषयमा थप प्रतिक्रिया दिईसकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर