पत्रकार महासंघ बर्दियाको बैठक, पत्रकारले भने, 'फेसबुके पत्रकारिता'ले समस्या भयो' — OSNepal

पत्रकार महासंघ बर्दियाको बैठक, पत्रकारले भने, ‘फेसबुके पत्रकारिता’ले समस्या भयो’

LC (KTM) January 27, 2022 0

बर्दिया । नेपाल पत्रकार महासंघ बर्दिया साखाको बैठक बसेको छ । पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षतामा बसेको बैठकमा श्रमजीवी पत्रकारहरुको हकहितको बारेमा छलफल भएको छ ।

उक्त बैठकमा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले अन्यायमा परेका जनताकोलागी न्याय दिलाउन अगाडि बढ्न बर्दियाका पत्रकारहरुलाई आग्रह गर्नुभयो ।उहाँले नेपाल पत्रकार महासंघ बर्दियाले पत्रकारको हकहित र संरक्षण प्रवर्द्धनमा समन्वयकारी भुमिका खेल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पत्रकारहरुको हरेक समस्या र हकहितको प्रवर्द्धन र सम्बर्द्धनमा महासंघ अहोरात्र खटिन्छ ।”त्यस्तै महासंघ बर्दियाका उपाध्यक्ष भावुक योगीले रेडियो, पत्रपत्रिका तथा अनलाइन संचार माध्यमको सञ्जाल बनाएर जिल्लाका रेडियो, पत्रपत्रिका तथा अनलाइन पत्रपत्रिकाको संरक्षण, प्रवर्द्धनमा महासंघ लागेको बताउनुभयो ।

उहाँले महासंघको नेतृत्वमा स्थानिय रेडियो, पत्रपत्रिका तथा अनलाइनलाई बिज्ञापन सहयोग गर्न स्थानिय पालिका तथा कार्यालयमा समन्वय भैरहेको जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्ष योगीले तथाकथित फेसबुके पत्रकारिताले जिल्लाका पत्रकारहरुको ओज तथा मर्यादामा असर परेको बताउनुभयो ।उपाध्यक्ष योगी भन्नुभयो, “बर्दियाबाट तथाकथित ‘फेसबुके पत्रकारीता’, युट्युवबाट जथाभावी सम्प्रेषण गरिएका सामाग्रीले वास्तविक पत्रकारिता गर्नेलाई समस्या भएको छ । पत्रकार आचारसंहितामा रहेर हामिले काम गर्नु पर्छ तर फेसबुके पत्रकारीताले वास्तविक मेहनती पत्रकारको अवमुल्यन भएको छ । फेसबुकमा दुई लाइन लेख्दैमा पत्रकारीता हुँदैन”

त्यस्तै पत्रकार महासंघका कार्यसमिति सदस्य दुर्गा आचार्यले पत्रकार महासंघले तदारुकता साथ स्थानिय पालिका तथा प्रशासनसंग समन्वय गरेर महासंघको भवन निर्माण गर्न महासंघ लागि परेको बताउनुभयो । उहाँले भन्नुभयो, “महासंघ अब आफ्नै भवन निर्माण गर्ने दिशा तिर लागेको छ । हामी सबै एक भएर अगाडि बढ्नुपर्छ ।”

उहाँले अगाडि भन्नुभयो, ” जिल्लामा भएका विकृति विसंगतीका बिरुद्धमा हामिले कलम चलाउनु पर्छ । हामी भवन निर्माणमा आजै देखि लागौँ ।”
त्यस्तै सह-सचिव विष्णु अधिकारीले श्रमजिवी पत्रकारको क्षेमता अभिवृद्धिमा लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महासंघ आगामी दिनमा अँझै जुझारु रुपमा अगाडि बढ्छ र पत्रकार आचारसंहिताको अनुगमन गर्छ ।”

त्यस्तै महासंघका कोषाध्यक्ष शितल थापाले पत्रकार आचारसंहिता भन्दा बाहिर गएर कुनैपनी पत्रकारले काम गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब महासंघले आचारसंहिता भन्दा बाहिर गएकालाई सचेत गराउँंछ, पत्रकारीताको नाममा पछिल्ला दिनमा फेसबुकमा जथाभावी लेख्ने प्रवृति बढेको छ । यस्लाई रोक्न हामी पहल गर्छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर