दक्षिण कोरियामा पनि तिब्र रुपमा फैलियो कोरोना संंक्रमण,एकैदिन १४ हजार कोरोना संक्रमित फेला — OSNepal

दक्षिण कोरियामा पनि तिब्र रुपमा फैलियो कोरोना संंक्रमण,एकैदिन १४ हजार कोरोना संक्रमित फेला

LC (KTM) January 27, 2022 0

सीउल, १३ माघ-दक्षिण कोरियामा दैनिक कोभिड संक्रमितको संख्या पहिलो पटक १४ हजार नाघेको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या बढेको छ ।

बुधबार एकै दिन १४ हजार ५१४ नयाँ संक्रमित भेटिएका हुन् । उच्च संक्रमित तर न्यून घातक मानिएको ओमिक्रोन पछिल्ला दिनमा दक्षिण कोरियामा तीव्र फैलिएको छ ।

आगामी दिनमा दैनिक संक्रमितको संख्या अझै दोब्बर हुने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । विज्ञहरुले दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या २० हजार नाघ्ने अनुमान गरेका छन् ।गम्भीर बिरामी र मृत्यु घटाउनु सरकारको मुख्य प्राथमिकता भएको प्रधानमन्त्री किम बु केउमले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर