२ करोड डलर पर्ने यस्तो छ प्रियंका र निकको आकर्षक घर, घर हेरेपछि हट्ने छैनन् नजर — OSNepal

२ करोड डलर पर्ने यस्तो छ प्रियंका र निकको आकर्षक घर, घर हेरेपछि हट्ने छैनन् नजर

LC (KTM) January 27, 2022 0

एजेन्सी-भारतीय अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनास आमाबुवा बनेका छन्। आमा बाबु बनेपछि उनीहरुलाई बधाइको आइरो लागेको छ । प्रियंका सरोगेसीका माध्यमबाट आमा बनेकी हुन् । गत शुक्रबार मात्र जानकारी दिए पनि उनीहरूको छोरीको जन्म जनवरी १५ मै भएको हो । प्रियंका र निकले लामो समयदेखि लसएन्जलसस्थित आफ्नो घर मर्मत र साजसज्जामा विशेष ध्यान दिइरहेका थिए ।

कारण छोरीलाई सोही घरमा भित्राउने रहेछ । यो घर उनीहरूले दुई वर्षअगाडि किनेका हुन्। यो घरको मूल्य २ करोड डलरभन्दा बढी पर्ने बताइएको छ । घर निकै सुन्दर र आर्कषक रहेको छ । घरको तस्विर देखेपछि नलोभिने सायदै होलान् ।

प्रियंका र निकको यो घर त्यो क्षेत्रको महँगो घरमध्ये पर्छ। यो घरमा सात वटा सुत्ने कोठा, ११ वटा बाथरूम र पर्याप्त खुल्ला स्थान छ। ३९ वर्षीया प्रियंकालाई आफैं बच्चा जन्माउन स्वास्थ्यका कारण कुनै समस्या नभए पनि व्यस्तताका कारण उनले सरोगेसी रोजेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर