नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोली शुक्रबार बस्दै — OSNepal

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोली शुक्रबार बस्दै

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भोली शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

कोरोना संक्रमणका कारण बैठक भने भर्चुअल माध्यमबाट बस्ने बताइएको छ । बैठक भोली बिहान ११ बजे बस्ने प्रधानमन्त्री समेत रहेका देउवाको सचिवालयले जनाएको छ ।

कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्थामा रहेको छ जसमा मा १४८ केन्द्रीय सदस्य चयन भइसकेका छन् ।

पार्टीको महाधिवेशन पछि यो कांग्रेसको तेस्रो केन्द्रिय कार्यसमितिको बैठक बस्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर