स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेलिन्छ तर गठबन्धन फुट्दैन : मन्त्री श्रेष्ठ — OSNepal

स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेलिन्छ तर गठबन्धन फुट्दैन : मन्त्री श्रेष्ठ

LC (KTM) January 27, 2022 0

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा सत्ता गठवन्धनमा छलफल चलिरहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले तोकेकै मितिमा निर्वाचन हुने दावी गरेका उनले बुधवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा यस्तो खुलासा गरेका हुन् ।

निर्वाचनकै कारण गठवन्धन नफुट्ने समेत दावी गरेका उनले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने अर्को खुलासा गरेका छन् । निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्ष नपुग्ने भएकाले स्थानीय तहको निर्वाचन ६ महिना पछि धकेल्न सकिने उनले बताएका हुन् ।

उनले भनेका छन् , ‘निर्वाचित जनप्रतिनिधिहरूले के भनिरहेका छन् भने हाम्रो कार्यकाल ५ वर्षको हुनेछ भन्या छ तर असारको १४ गते भएको दोस्रो चरणको निर्वाचनको त वैशाखमा चुनाव हुँदा त कार्यअवधि ५ वर्ष नपुग्ने भयो अनि आश्विनका २ गते भएकाहरूले के भन्ने भो भने हाम्रो त झन् ५ महिना अगावै चुनाव हुने भो जबकि यहाँ ५ वर्ष भनेको छ, साढे ४ वर्षमा चुनाव हुने भो त्यसकारण हाम्रो त कार्यअवधि पुगेन, यस्ता कुराहरू उठेको छ र त्यस्तो घोषणा भयो भने हामीले पनि कानूनी उपचार खोज्नुपर्ने हुन्छ भनेर पनि भनिरहेको अवस्था छ । ‘

कार्यकाल सकिएको ६ महिनाभित्र भनेपछि ६ महिना नै हुनुपर्छ भन्ने नभएको बताएका उनको सबैको कार्यकाल सकिने तर ६ महिनाभित्र पनि पर्ने डेट निर्धारण गर्न गयौं भने यो सबैलाई मिल्ने तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर