रामेछापका शंकर खत्री कीर्तिपुरमा मृत अवस्थामा फेला — OSNepal

रामेछापका शंकर खत्री कीर्तिपुरमा मृत अवस्थामा फेला

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । काठमाडौं स्थित कीर्तिपुर नगरपालीकामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । रामेछाप घर भई कीर्तिपुर नगरपालिका बस्दै आएका ३६ वर्षीय शंकर खत्री मृत अवस्थामा भेटिएका हुन् ।

गएराति खाना खाई सुतेका निजले बिहान अवेर सम्म पनि ढोका नखोलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी आएका ढोका खोल्दा मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त, कीर्तिपुरले दिएको जानकारी अनुसार मृतकलाई अलि अलि ज्वरो समेत आएको बताइएको छ । के कारणले मृत्यु भएको त्यो भने अनुशन्धान विषयमा भएको प्रहरीले जनाएको छ ।

निजको आफन्त आएपछि माज्ञ शव पोष्टमार्टमको लागि पठाइने प्रहरीले जनाएको छ । निज नगरपालिकाको नयाँ भवनमा रंग लगाउने काम गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर