कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार — OSNepal

कोभिड खोप नलगाएको भन्दै अस्पतालद्वारा विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार

LC (KTM) January 27, 2022 0

न्युयोर्क, १३ माघ-अमेरिकाको बोस्टनस्थित एक अस्पतालले कोभिड १९ विरुद्ध खोप नलगाएको भन्दै विरामीको मुटु प्रत्यारोपण गर्न अस्वीकार गरेको छ । प्रत्यारोपणका लागि विरामीमा कोभिडविरुद्ध खोप ‘आवश्यक’ भएको ब्रिघाम एन्ड ओमन्स हस्पिटलले एक विज्ञप्तिमा जनाएको छ ।

विरामीका बाबु डेभिड फर्गुसनले अस्पतालले मुटु प्रत्यारोपण कुरिरहेको विरामीको सूचीबाट आफ्ना ३१ वर्षीय छोराको नाम हटाएको सीएनएनलाई बताएका छन् ।

यसअघि प्रत्यारोपणको सूचीमा रहेका ती व्यक्तिले कोभिड खोप लगाउन अस्वीकार गरेका थिए । ‘खोप उसकोे आधारभूत सिद्धान्त विपरित थियो । उसले खोपमा विश्वास नै गरेन,’ फर्गुसनले भने ।

प्रत्यारोपणका लागि विरामीले कोभिड १९ खोपसहित अमेरिकाको रोग नियन्त्रण तथा उन्मुलन केन्द्र, सीडीसीले सिफारिस गरेको खोप लगाउनुपर्ने अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर