१ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउन मन्त्री आलेले जारी गरे लाइसेन्स — OSNepal

१ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउन मन्त्री आलेले जारी गरे लाइसेन्स

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले १ देखि ३ किलोमिटरको दूरीमा रहेको होटलमा ४ वटा क्यासिनो चलाउने गरी लाइसेन्स जारी गरेका छन् ।

मन्त्री आलेले नेपालगञ्जमा रहेका ४ वटा होटलमा क्यासिनो खोल्न अनुमति दिएका हुन् । मन्त्री आलेले मन्त्रालयको सम्मालेको दुई महिना मै ५ वटा क्यासिनोलाई लाइसेन्स दिइसकेका छन् ।

यस अघि १७ वटा भएको क्यासिनो अहिले २२ पुगेको छ । मन्त्री भएसँगै निरन्तर रुपमा लाइसेन्स जारी गर्दै आएका मन्त्रीले आलेले केही हप्ताभित्रै अन्य केही क्यासिनोलाई समेत लाइसेन्स दिने मन्त्रालयले जनाएको छ।

मन्त्री आलले गुपचुप रुपमा प्रक्रिया टुंग्याएर लाइसेन्स दिइरहेको मन्त्रालय बताएको छ । क्यासिनो नियमावली २०७० अनुसार क्यासिनोको इजाजतपत्र र यससम्बन्धी नीतिगत व्यवस्था मन्त्रालयबाट जारी हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर