माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण – OSNepal

माओवादी केन्द्रका नेता गिरिराजमणिलाई कोरोना संक्रमण

Osnepal Admin (KTM) January 27, 2022 0

महोत्तरी, १३ माघ-माओवादी केन्द्रका नेता एवं स्कुल विभाग प्रमुख गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण भएको छ । बिहीबार बिहान एण्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखाएको नेता पोखरेलको सचिवालयले जनाएको छ ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नेता पोखरेल केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्र महोत्तरीमा भेटघाटमा व्यस्त थिए । एण्टिजेन परीक्षण गर्दा पोजेटिभ पुष्टि भएपछि उनी महोत्तरीस्थित गौरीडाँडाको आधारशिलामा आराम गरिरहेका छन् ।यसअघि पनि नेता पोखरेललाई कोरोना पोजेटिभ भएको थियो ।

Leave a Reply

Your email address will not be published.