प्रहरी प्रधान कार्यालय महाराजगंजमा १२ औं समूहको हेभि सवारी चालक तालिम सञ्चालन — OSNepal

प्रहरी प्रधान कार्यालय महाराजगंजमा १२ औं समूहको हेभि सवारी चालक तालिम सञ्चालन

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा १२ औं समूहको हेभि सवारी चालक तालिम बिहीबारबाट सञ्चालन भएको छ ।

सोही महाशाखाका प्रहरी उपरीक्षक ई.दिनेश केसीले उक्त तालिमको उदघाटन गर्दै सवारी साधनमा नयाँ प्रविधिको बारेमा जानकारी गराई थप दक्ष एवं कुशल चालक तयार गर्नु तालिमको लक्ष्य रहेको बताउनुभयो । कोभिड-१९ को संक्रमणबाट जोगिन पूर्ण सावधानी अपनाई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ३१ जना गरी कूल ३३ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर