कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द — OSNepal

कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा बन्द

LC (KTM) January 27, 2022 0

जाजरकोट, १३ माघ -कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा प्रवाह बन्द गरिएको छ । कार्यालयमा कार्यरत पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको कार्यालय प्रमुख नरेन्द्र कठायतले जानकारी दिनुभयो ।

केन्द्रमा उपचारका लागि आउने सेवाग्राहीमा कोरोेना सङ्क्रमण हुनसक्ने भएकाले माघ १२ गतेदेखि अर्काे सूचना नआउञ्जेलसम्म सेवा प्रवाह बन्द गरिएको उहाँको भनाइ थियो । यस्तै एनआइसी एशिया बैंकका तीन कर्मचारीमा कोरोना पुष्टि भएपछि त्यहाँको सेवा प्रवाहमा समस्या भएको एक कर्मचारीले जानकारी दिनुभयो ।

उहाँले अरु कर्मचारीमा समेत ज्वरो आउने, रुघाखोकी लाग्ने लक्षण देखिएको तर परीक्षण भने नभएको बताउनुभयोे । भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित अन्य कर्मचारीलाई पनि कोरोना भएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर