खुसीको खबर : आज एकै दिन ५ हजार २९२ जना भए कोराना मुक्त — OSNepal

खुसीको खबर : आज एकै दिन ५ हजार २९२ जना भए कोराना मुक्त

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र ३ हजार १४३ जना कोरोना संक्रमितको पुष्टि भएको छ ।

जसमा काठमाडौंमा २,४०२, ललितपुरमा ५२१ र भक्तपुरमा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ । आज देशभर ८ हजार १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, आज एकै दिन १५ जनाको ज्यान गएको छ । भने ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँर्गै नेपालमा आज सम्म कोरोना मुक्त हुनेको संख्या ८ लाख ३७ हजार ०४ जना पुगेको छ ।

आज सबैभन्दा धेरै कास्कीमा ३९३जनामा संक्रमा पुष्टि भएको छ । त्यसैगरी, मोरङमा २८१, कैलालीमा १८४, सुनसरीमा १५८, रुपन्देहीमा १४३, चितवनमा १२७, धनुषामा ११५, झापा र बाँकेमा १०६र१०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा कम गुम्लीमा २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर