चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी सवार गाडीमा अज्ञात समुहबाट तोडफोड — OSNepal

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरी सवार गाडीमा अज्ञात समुहबाट तोडफोड

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी सवार गाडीमा अज्ञात समुहबाट तोडफोड भएको छ । आज बिहिबार बिहान ११ बजे काँडाघारीको उकालोमा ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार भएको आयोगले जनाएको छ ।

आफ्नो निवासबाट कार्यालयमा जाँदै गर्दा उनीमाथि आक्रमण आक्रमण भएो आयोगद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

ढंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुटेको विज्ञप्तीमा जनाइएको छ । आयोगले विज्ञप्ती मार्फत उपाध्यक्ष गिरीमाथि भएको यो घटना अमानवीय र अनैतिक भएको भन्दै घटनामा संलग्न जो कोहिलाई कडा भन्दा कडा कारवाही गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर