राष्ट्रपति भण्डारीले समयमा नै निर्वाचन हुनुपर्छ भनेपछि देउवाले ...यसो भने — OSNepal

राष्ट्रपति भण्डारीले समयमा नै निर्वाचन हुनुपर्छ भनेपछि देउवाले …यसो भने

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । आज बिहिबार दिउँसो राष्ट्रिपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शितल निवास पुगेका हुन् ।

भेटमा राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन समयम गर्नु भनेपछि देउवाले आफु यस विषयमा छलफल गर्ने जनाएका स्रोतले जनाएको छ ।

राष्ट्रपति भण्डारीले निवार्चनको विषयमा निर्वाचन समयमै हुनुपर्छ । राजनीतिक दलले नै बनाएको संविधान त्यसको पालना गर्नुपर्छ भनेपछि देउवाले साथीहरुसँग सल्लाह गर्छु भनेका स्रोतले जनाएको छ ।

यता सत्ता गठवन्धन वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचन सार्ने तयारीमा लागेका छन् । यस निषयमा प्रमुख प्रतिपक्षी दलले विरोध जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर