प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण , २ पुरुषको मृत्यु — OSNepal

प्रदेश १ मा ८०९ जनामा कोरोना संक्रमण , २ पुरुषको मृत्यु

LC (KTM) January 27, 2022 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०९ जनामा कोरोना संक्रमण भएको छ । १०७४ जनाको पीसीआर परीक्षण गर्दा ४८५ र ७५६ जनाको एन्टिजेन परीक्षण गर्दा ३२४ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १८६, सुनसरीमा १३६, झापामा ७०, धनकुटामा १०, इलाममा ३, संखुवासभा र भोजपुरमा २–२, ताप्लेजुङ र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको हो ।

मोरङको विराटनगरमा १३८, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ६, कटहरी र उर्लाबारीमा ५–५, बुढीगंगा र स्थानीय तह नखुलेका ४–४, बेलबारी, कानेपोखरी, रतुवामाई, जहदा र रंगेलीमा २–२, ग्रामथान, मिक्लाजुङ, लेटाङ र केराबारीमा १–१ जनामा संक्रमण भएको छ । सुनसरीको धरानमा ६२, इटहरीमा ५१, बर्जु, बराहक्षेत्र, रामधुनी र गढीमा ४–४, देवानगञ्ज र हरिनगरमा २–२, भोक्राहानरसिंह, इनरुवा र कोशी गाउँपालिकामा १–१, झापाको विर्तामोडमा १७, भद्रपुरमा १२, अर्जुनधारा र दमकमा ९–९, मेचीनगर र कनकाईमा ७–७, कमल गाउँपालिकामा ४, बुद्धशान्तिमा २, हल्दिबारी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा ७, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिका, चुलाचुली र सुर्योदयमा १–१, संखुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ७४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२५ महिला र १७९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ३६४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर