ओलीको वचन गोली झैं मान्ने राष्ट्रपति भण्डारीले देउवालाई बनाइन् निरास — OSNepal

ओलीको वचन गोली झैं मान्ने राष्ट्रपति भण्डारीले देउवालाई बनाइन् निरास

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कुरा गोली र्झै मान्ने राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भने निरास बनाएकी छन् । आज बिहिबार दिउँसो राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री देउवालाई भण्डारीले निरास बनाएकी हुन् ।

सत्ता गठवन्धन दलहरुमा बैशाखमा हुने भनिएको स्थानीय तहको निवार्चन पछि धकेल्ने देउवालाई दवाव आइरहेको समयमा भण्डारीले राजीतिक दलहरुले नै बनाएको संविधान अनुसार स्थानीय तहको निर्वाचन समयमा गर्नुपर्छ भनेपछि देउवाले जवाफमा साथीहरुसँग छलफल गर्छु भनेर शतिल निवासबाट बाहिरिएका छन् ।

भेटमा भण्डारीले देउवालाई चुनावको मिति घोषणा गरी सिफरिश गर्न ढिलाई नगर्न आग्रह समेत गरेकी छन् । संविधानले जनप्रतिनिधिविहिनको अवस्था परिकल्पना नगरेको भन्दै वैशाखभित्र स्थानीय निकायको र मंसिरभित्र प्रतिनिधि सभा र प्रदेशहरुको चुनाव गर्नुपर्ने भन्दे उनले देउवालाई सुझाव समेत दिएकी छन् ।

यस भन्दा अघि ओलीको सरकार हुँदा दुई पटक सम्म संसद विघटन गरी निर्वाचन गर्न सिफारिस गरेकी भण्डारीले देउवालाई भने समयमा नै निवार्चन गर्न सुझाव दिएकी हुन् ।

भोली शुक्रबार देउवाले केन्द्रिय समितिको बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर