कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने — OSNepal

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

LC (KTM) January 27, 2022 0

काठमाडौँ, १३ माघ -नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी बैठक भोलि दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्न लागेको जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिको गठनको कार्यसूची रहेको मुख्यसचिव पौडेलले बताउनुभयो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई सहभागिताका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको छ । भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त गर्न सकिने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर