दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु – OSNepal

दक्षिणी अफ्रिकामा उष्ण कटिबन्धीय आँधी आनाबाट ७० जनाको मृत्यु

LC (KTM) January 27, 2022 0

अन्टानानारिभो, १३ माघ -दक्षिणी अफ्रिकी तीन मुलुकमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या बिहीबार ७० पुगेको छ ।मुसलधारे वर्षाले गर्दा उष्ण कटिबन्धीय आँधी आना सोमबार मोजाम्बिक र मलावीमा अवतरण हुनु पहिले मदागास्करमा आएको थियो । तीन देशका उद्धारकर्मी तथा अधिकारीहरूले अझै पनि क्षतिको पूर्ण मूल्यांकन गर्न कठिनाइ भइरहेको बताएका छन् ।

यो आँधीका कारण मदागास्करले ४१ जनाको मृत्यु भएको जनाएको छ भने १८ जनाको मोजाम्बिक नागरिक रहेका छन् । त्यस्तै आँधीका कारण मलावीमा ११ जनाको मृत्यु भएको छ ।
जिम्बाबेमा आएको आँधीका प्रभाबहरू बिस्तारै हट्दै गएका छन् । त्यहाँ कोही मृत्यु भएको खबर आएको छैन ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement