आफ्ने पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरिन्छ : नेकपा एमाले — OSNepal

आफ्ने पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही गरिन्छ : नेकपा एमाले

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निवार्चनमा आफ्ना उम्मेदवारलाई मतदान नगर्ने माथि कारवाही गर्ने भएको छ ।

बुधबार १९ पदको लागि भएको निर्वाचनमा प्रदेश १ मा आफ्नै पार्टीका उम्मेदवारलाई मतदान नगरी अन्तरघात भएको भन्दै प्रदशे १ कमिटिले यस्तो निणर्य गरेको हो ।

प्रदेश नम्बर १ अध्यक्ष तुलसी न्यौपानेले आज बिहिबार एक विज्ञप्ती जारी गर्दै पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको बताइएको छ ।

‘पार्टी भित्रका कतिपय अवसरवादी र अराजक पात्रहरुले यो राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा समेत अवान्छित हर्कत गरेको पाइएको छ । पार्टी निर्णय र हित विरुद्धमा चालिएका त्यस्ता अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कार्यवाहि गर्न हाम्रो पार्टी नेकपा एमाले कृतसंकल्पित छु’ न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रदेश १ मा एमालेका गुरु बराल आफ्ने पार्टी दुई सांसदले भोट नहाल्दा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर