२ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप — OSNepal

२ सय ७ कुकुरको बन्ध्याकरण र रेविजविरुद्ध खोप

LC (KTM) January 27, 2022 0

दाङ, १३ माघ- दाङमा २ सय ७ कुकुरलाई बन्ध्याकरण तथा रेविज विरुद्ध खोप लगाइएको छ । घोराही उपमहानगरपालिका पशुु सेवा शाखाको आयोजना तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङको प्राविधिक सहयोगमा आइतबारदेखि विहवार सम्ममा नि: शुल्क कुकुरहरुको बन्ध्याकरण गर्ने र रेविजविरुद्ध खोप लगाउने काम भएको हा ।

पशु सेवा शाखाका प्रमुख जिबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रेबिज जस्ता प्राण घातक रोगबाट नागरिकलाई बचाउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । शिविरबाट १ सय ३१ कुकुरको बन्ध्याकरण गरिएको हो भने २ सय ७ कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको हो । जसमा ७४ घरपालुवा र १३३ सडक कुकुर रहेका छन् ।

घोराही बजार क्षेत्रमा केही दिनपहिले ३५ जना बढी व्यक्तिलाई बौलाह कुुकुरले टोकेपछि यो अभियान थालिएको थियो । साथै कुकुरले टोकेका मानिसका लागि रेविज विरुद्धको खोप राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा निशुल्क व्यवस्था गरिएको पशु सेवा शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर