मुलुकको विकास गर्न निजी क्षेत्रमा लगानी गर्नुपर्ने : मुख्यमन्त्री राउत — OSNepal

मुलुकको विकास गर्न निजी क्षेत्रमा लगानी गर्नुपर्ने : मुख्यमन्त्री राउत

LC (KTM) January 27, 2022 0

राजविराज, १३ माघ-मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकको विकास गर्न निजी क्षेत्रको लागानी आवश्यक रहेको बताउनुभएको छ । सप्तरी उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको आज राजविराजमा आयोजित पदस्थापन कार्यक्रममा उहाँले निजी क्षेत्रको उच्च सम्मान गर्दै उनीहरुको अनुसार नीति तथा कार्यक्रम नल्याएसम्म समृद्धि आउन नसक्ने बताउनुभयो ।

उहाँले राज्यले यसतर्फ ध्यान दिन नसकेको बताउँदै निजी क्षेत्र जग्गा खरिद गर्न ठूलो लगानी गर्न सक्ने अवस्थामा नभएकाले उद्योग सञ्चालन गर्न समस्या भइरहेको बताउनुभयो । लिजमा जग्गा उपलब्ध गराउने सकिने भन्दै विद्युत्मा अनुदान दिने र उद्योग सञ्चालन भएको क्षेत्रमा सुरक्षा दिनेजस्ता कुरा ऐनमा राखिएको उहाँले बताउनुभयो ।

जनसङ्ख्यामा प्रदेश पहिलो भएपछि अरु क्षेत्रमा पनि मधेश प्रदेशलाई एक नम्बर बनाउने मुख्यमन्त्री राउतले दाबी गर्नुभयो । विकास, शान्ति सुरक्षा र समृद्धिका मामिलामा मधेश प्रदेश एक नम्बर रहने उहाँको भनाइ थियो । प्रदेश सरकारले उद्योग ऐन ल्याइसकेको र तीन÷चार दिनभित्रै नियमावली पारित गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश अर्थमन्त्री शैलेन्द्र साहले मलखाद र सिँचाइको समस्याबारे मधेश सरकार संवेदनशील रहेको बताउनुभयो । नवनिर्वाचित उद्योग वाणिज्य सङ्घका अध्यक्ष लालप्रसाल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको पदस्थापना कार्यक्रममा विभिन्न व्यक्तिलाई सामान्न र मायाको चिनो प्रमुख अथिति मधेश प्रदेशका मुख्यमन्त्री राउतले प्रदान गर्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर