सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो – OSNepal

सप्तरी जिल्लाको जनसंख्या सात लाख नाघ्यो

Osnepal Admin (KTM) January 27, 2022 0

सप्तरी १३ माघ-सप्तरी जिल्लाको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले देखाएको छ।केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार जिल्लामा घर संख्या १ लाख २४ हजार ३ सय २४ रहेको उल्लेख छ ।

जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ जिल्लामा पुरुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ र महिलाको संख्या ३ लाख ५४ हजार १ सय ८३ रहेको तथ्यांकले देखाएको छ ।

सप्तरीका १८ स्थानीय तह मध्ये सबै भन्दा बढी जनसंख्या सप्तरी सदरमुकाम राजविराजमा नगरपालिकामा रहेको उल्लेख छ ।राजविराजको कुल जनसंख्या ७१ हजार ९ सय ४६ उल्लेख छ। जसमा परिवार संख्या १५ हजार १ यस २१ रहेको छ । महिला ३६ हजार ९ सय ४२ र पुरुषको संख्या ३५ हजार ४ रहेको देखाइको छ ।

यसैगरी जनसंख्याको आधारमा कञ्चनरूप नगरपालिका दोस्रो रहेको छ । ५८ हजार ८ सय ८२ जनसंख्या कंचनरूप नगरपालिकामा रहेको उल्लेख छ ।

परिवार संख्या १२ हजार ६ यस ६२ रहेको छ । महिला २८ हजार ९ सय ४९ र पुरुषको संख्या २९ हजार ९ यस ३३ रहेको छ । यस्तै खड्क नगरपालिका जिल्लाको तेस्रो बढी जनसंख्या रहेको नगरपालिका कायम भएको छ । यो नगरपालिकाको जनसंख्या ५४ हजार १ सय ९३ रहेको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement