एक्कासी किन भारतको २७ तले बंगला छाडेर सपरिवार बेलायत जाँदै छन् अम्बानी ? — OSNepal

एक्कासी किन भारतको २७ तले बंगला छाडेर सपरिवार बेलायत जाँदै छन् अम्बानी ?

LC (KTM) January 27, 2022 0

काठमाडौँ । एसियाकै धनाढ्य मुकेश अम्बानीको सम्पत्ती कति होला ? मुम्बईको २७ तले बंगलामा बस्दै आएका अरबपति व्यापारी अम्बानी मुम्बई छाडेर सपरिवार बेलायत बसाइँ सर्ने खबर भारतमा पछिल्ला दिनमा भाइरल बनिरहेका छन् । २ अर्ब डलर खर्चमा मुम्बईको २७ तले भव्य बंगला एन्टिलियामा बस्दै आएका अम्बानीसँग १ खर्ब १० अर्ब ६० करोड अमेरिकी डलर सम्पत्ति छ।

५३ अर्ब डलरको स्टिल तथा खनिज कम्पनी आर्सलरमित्तलका प्रमुख लक्ष्मी मित्तल लण्डनमा तीन भव्य बंगलाका मालिक समेत रहेका ७१ वर्षीय यी व्यवसायीको सबैभन्दा ठूलो बंगला अर्बपतिहरु बस्ने लाइनले परिचित द बिशोप एभेन्युमा छ। ब्रेक्जिटका कारण लन्डनका बंगलाको मूल्यह्रास हुनु, भारत–बेलायत व्यापार सम्बन्ध बढ्नु र दुई देशबीचको भिसा कडाइ खुकुलो हुँदै गर्दा यो प्रवृत्ति बढिरहेको छ। ‘बेलायतलाई भारतीय अर्बपतिहरुले रुचाएका छन्, खासगरी जो फोर्ब्सको धनीसूचीमा छन्।

किनभने यस्ता लगानीले भारतीय समुदायमा ठूलो व्यक्तित्वलाई बोकेको हुन्छ’ । यद्यपी अम्बानीको कम्पनीले यो वक्तव्यलाई आधारहीन भनेको छ। यसले बेलायतमा सम्पत्ति किन्न भारतीय उच्च धनाढ्यहरुको चाहनालाई प्रतिविम्बित गर्ने बताउँछन् बेलायतको रियलस्टेट फर्म पर्पल ब्रिक्सका कन्सल्ट्यान्ट सुशील अग्रवाल। ‘धेरै भारतीय धनाढ्यहरु हाम्रो लण्डनका घरहरुबारे जान्न लालायित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर