पुर्व प्रधानन्त्री केपी शर्मा ओलीलाई कारबाही हुने कि नहुने ? कोरोना प्रोटोकल लाई लात मार्दै पोजेटिभ देखिएका ओली सार्वजनिक कार्यक्रममा — OSNepal

पुर्व प्रधानन्त्री केपी शर्मा ओलीलाई कारबाही हुने कि नहुने ? कोरोना प्रोटोकल लाई लात मार्दै पोजेटिभ देखिएका ओली सार्वजनिक कार्यक्रममा

LC (KTM) January 27, 2022 0

नेपालमा ओमिक्रोनको संक्रमण तिब्र रुपमा फैलिएको भन्दै सरकारले सार्वजनिक स्थल, भिडभाड हुने संबेदनशिल क्षेत्र बन्द नै गरेको अवस्था छ । २५ जना भन्दा बढी भेला हुन नपाउने नियम समेत लगाएको छ । तर नेताले भाषण गर्ने स्थल, जुलुषमा भने यी सबै नियम लागु हुदैन । संक्रमित अवस्थामा बाहिर निस्कियो भने स्वास्थ्य मापदण्ड उल्लंघन गरेको भन्दै कारबाही समेत भोग्नु पर्ने नियम रहेको छ ।

तर नेतालाई हैन सर्वसाधारणलाई मात्र यो नियम लागु हुन्छ भन्ने उदाहरण पछिल्ला थुप्रै घटनाहरुले पुष्टि गरिसकेको छ । अब फेरी प्रमुख प्रतिपक्षी दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना प्रोटोकल लाई लात मार्दै चरम लापरबाही गरेका छन्। कोरोना पोजेटिभ हुँदाहुँदै पनि सार्वजनिक रूपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागी भएर ओलीले कोरोना प्रोटोकलको धज्जी उडाएका हुन्।

माघ ९ गते ओलीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो। एमालेले माघ ११ गते सार्वजनिक रूमपा नै विज्ञप्ति जारी गरेर अध्यक्ष ओलीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। तर माघ १२ गते आयोजना गरिएको रक्तदान कार्यक्रममा उनी श्रीमतीसहित सहभागी भएका हुन्। कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटा, युवा संघका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य महेश बस्नेत, युवा संघका अध्यक्ष किरण पौडेललगायत दर्जनौं एमाले नेताकार्यकर्ताको उपस्थित थिए।

उता सांसद महेश बस्नेतको भने उदेक लाग्दो भनाई बाहिर आएको छ । उनले अझ प्रोटोकल बिपरीत कार्य भयो अध्यक्ष ज्यू भन्नु पर्नेमा कोरोना पोजेटिभ भएपनि ओली आफूहरूको मायाले कार्यक्रममा आइदिएको भन्दै कृतज्ञता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर