इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम — OSNepal

इरान एसियाबाट कतार विश्वकपपमा छनोट हुने पहिलो टिम

LC (KTM) January 28, 2022 0

काठमाडौं, १४ माघ-इरान एसियाली मुलुकबाट कतार विश्वकप-२०२२ मा छनोट हुने पहिलो टिम बनेको छ । बिहीवार राति घरेलु मैदानमा इराकलाई १-० अन्तरले पराजित गर्दै इरान विश्वकपको लागि छनोट भएको हो ।

इरानको जितमा मेहदी तरेमीले ४८औं मिनेटमा गरेको गोल निर्णायक रह्यो । जितसंगै एसिया छनोटको तेस्रो चरण अन्तर्गत समूह ए मा ७ खेलबाट १९ अंक बनाउदै अपराजित इराक शीर्षस्थानमा छ ।

दोस्रो स्थानको साउदीको १७ अंक छ ।एसिया छनोटको तेस्रो चरणमा दुई समूह बिभाजन गरिएको छ । दुबै समूहका शीर्ष दुई टोली सिधै विश्वकपमा छनोट हुनेछन् ।तेस्रो मध्यको एक टोलीले भने दक्षिण अमेरिकी टोलीसंगै खेल्दै विश्वकप खेल्ने बाटो तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर