शङ्खरापुरमा झ्याल ढोका बन्द गरेर कोइला बालेर सुतेका एकै घरका पति पत्नीको दुखद निधन — OSNepal

शङ्खरापुरमा झ्याल ढोका बन्द गरेर कोइला बालेर सुतेका एकै घरका पति पत्नीको दुखद निधन

LC (KTM) January 28, 2022 0

काठमाडौँ शङ्खरापुर नगरपालिका–३ बोझिनीमा दम्पती मृत भेटिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । बुधबार राति कोइला बालेर सुतेका ५५ वर्षीय पदमबहादुर वाइवा थिङ र उनकी श्रीमती ४६ वर्षीय फूलकुमारी वाइवा थिङ झ्याल, ढोका बन्द रहेको कोठामा मृत भेटिएको वृत्तका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

मृतक दम्पतीको शरीरमा कुनै चोटपटक नभेटिएकाले कोइला बाल्दा झ्याल, ढोका बन्द गरिएकाले निसास्सिएर निधन भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

थिङ दम्पतीको शव परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको वृत्तले जनाएको छ । घटनास्थलमा वृत्त र महानगरीय प्रहरी प्रभाग साँखुको प्रहरी टोलीले अनुसन्धान गरी शव परीक्षणका लागि महाराजगञ्ज पठाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर