यी बाबु जसले घर खर्चको लागि आफ्नै सानी छोरीलाई २२०० डलरमा बेचिदिए — OSNepal

यी बाबु जसले घर खर्चको लागि आफ्नै सानी छोरीलाई २२०० डलरमा बेचिदिए

LC (KTM) January 28, 2022 0

–आसिफ खान तुर्क – म पाकिस्तानको पेसावार सहरमा बसेर एक दशकभन्दा बढी समयदेखि पत्रकारिता गर्दै आएको छु। छिमेकी मुलुक अफगानिस्तानमा पछिल्लो समयमा विकसित घटनाक्रमले मानवीय संकटको आभाष दिन्छ।

पेसावारबाट अफगानिस्तानको राजधानी काबुल २ सय ८२ किलोमिटर टाढा छ। दुई देशको बीचमा रहेको खैयबार पास पार गरेपछि जलालावाद हुँदै काबुल पुग्न सकिन्छ। जलालावाद काबुल नजिकैको सहर हो, तालिवानले यो सहर नियन्त्रणमा लिएपछि तत्कालीन अफगानी राष्ट्रपति असरफ घानी मुलुक छाडेर बाहिरिएका थिए।

पछिल्लो समय अफगानिस्तानमा रोटीका लागि बालिका बेचिएको घटना सुन्दा आङ सिरिङ्ग हुन्छ। कतै दन्त्यकथा सुनेको पो हो कि भन्ने अनुभूति पनि हुन्छ। हामी बच्चा हुँदा सय वर्षअघि यसरी नै मानव बेचबिखन हुन्थ्यो रे भन्ने कथा सुन्थ्यौं, त्यसैको पुनरावृत्ति पो हो कि भन्ने भान हुन्छ।

गत साता मात्र बीबीसी, सिएनएनलगायत विभिन्न अन्तर्राष्ट्रिय मिडियामा चरम गरिबीले गर्दा अफगानिस्तानका विपन्न परिवारले छोरीहरु बेचेको कथा प्रकाशित भए। त्यहाँको बाद्गिस प्रान्तको एक परिवारले खानेकुरा किन्ने पैसा जुटाउन नौ वर्षीया बालिकालाई बेहुलीका रुपमा ५५ वर्षीय व्यक्तिलाई बेचेको थियो, जुन कथा हृ’दयवि’दारक थियो। विवाहको नाममा ती बालिकामाथि कति च’रम शो’षण भयो होला, त्यसको कल्पना मात्र गर्न सकिन्छ।

सात जनाको परिवारका लागि छाक जुटाउन कुनै उपाय नभएपछि सो परिवारले ती बालिकालाई बेचेको जनाएको छ। बेचिएकी ती बालिकामाथि अब परिवारको कुनै हकअधिकार छैन। ५ सय अमेरिकी डलरमा बेचिएकी ती अबोध बालिकाले अनेक अत्याचार र पी’डा खपेर जिन्दगी बिताउनुपर्ने निश्चित छ।

तलिवान सत्तामा आएपछि अफगानिस्तानको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक अवस्था त’हस’नह’स भएको छ। रोजगारीको कुनै उपाय छैन। बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी निकायको बैंक एकाउन्ट फ्रिज भएको छ। एकाधबाहेक त्यहाँ कुनै पनि विदेशी एजेन्सीको त्यहाँ उपस्थिति देखिँदैन।

तालिवानलाई अझै उन्माद छ, सरकार चलाउने कुनै तौरतरिका थाहा छैन। सरकारी ढुकुटी गो’लिग’ठ्ठा र ब’न्दुक’मा खर्च भएको छ। केही काम गर्छु भन्नका लागि पनि कि त सरकारी ढुकुटीमा पैसा हुनुपर्छ, कि त विदेशी निकायले पत्याउनुपर्छ। यी दुवै अवस्था अफगानिस्तानमा छैन।

शिक्षामा पनि तालिवानले आफ्नै फरमान जारी गरेको छ। केटीहरुलाई सहशिक्षाका रुपमा कलेज जान वञ्चित गरिएको छ। यसरी केटीहरुलाई स्कुल जान वञ्चित गरिएपछि उनीहरुको भविष्य अन्धकार हुने निश्चित छ। स्वास्थ्य, उद्योगधन्दालगायत उत्पादनमूलक क्षेत्रको स्थिति पनि नाजुक छ।

अहिलेसम्म तालिवानले कुनै पनि अन्तर्राष्ट्रिय समुदायको साथसहयोग पाएको छैन। कुनै पनि देशले तालिवान सरकारको समर्थन गरेका छैनन्। यतिसम्मकि सबैभन्दा नजिकको छिमेकी देश पाकिस्तानले पनि तालिवान सरकारलाई समर्थन जनाएको छैन। लोकतन्त्र र मानवअधिकारको विपक्षमा रहेको तालिवान सरकारले यस्तो समर्थन पाउने सम्भावना पनि न्यून छ। त्यसैले, अफगानिस्तानमा रहेका नागरिकमा त्रा’स, अन्योल र द्विविधा रहेको छ।

त्यहाँ अहिले खाद्यान्न सं’कट ग’हिरो बन्दै गएको छ। अफगानिस्तानका करिब १ करोड मानिस च’रम भोकमरीको समस्यामा रहेका अनुमान छ। सुन्दा अचम्म लाग्न सक्छ, त्यहाँका विपन्न वर्ग मात्र होइन, मध्यम वर्गले पनि खाद्य सं’कटको सामना गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर