सानैमा बाबु गुमाएका यी बालकले आफ्नी आमाको दोस्रो विबाह गराइदिए — OSNepal

सानैमा बाबु गुमाएका यी बालकले आफ्नी आमाको दोस्रो विबाह गराइदिए

LC (KTM) January 28, 2022 0

काठमाडौँ । पछिल्ला दिनमा डिर्भोस र डिर्भोसपछि दोस्रो विबाह हुने चलन बढ्दो छ । पश्चिमा देश हुँदै एशियाका देशहरुमा पनि दोसे विबाह गर्ने प्रचलन बढ्दो मात्रामा छ ।

यसैबिच सामाजिक संजालमा पछिल्ला दिनमा एक विवाहको तस्बिर तथा भिडियो भाइरल बनिरहेको छ । जसमा एक बालकले आफ्नो एकल महिलाको रुपमा रहदै आएकी आमाको विवाह गराएका छन् ।

बाबुलाई सानै उमेरमा गुमाएका ति बालकले आमाको वैबाहिक समारोहमा आफ्ना हुनेवाला सौतेनी बाबुलाई मेरी आमालाई चुम्बन गर्नुहोस् भनेको भिडियो क्लिप भाइरल बनिरहेको छ ।

भिडियोमा चर्चका फादर जस्तै ती बालकले माइकमा विवाह सम्पन्न भएको खबर सुनाए र क्रिश्चियन समुदायमा विवाह पछि हुने बेहुला बेहुलीबिचको चुम्बनको रीतिरिवाज समेत गर्न लाउँदै आमाको दोस्रो विवाह गराए ।

यो विवाह कहाँको हो, र विवाह गर्नेहरू को हुन् भन्ने खुलेको छैन । तथापि भिडियोलाई धेरैले मन पराएका छन् । साथै धेरैले बालकको सह्राना गर्दै भिडियोलाई सकारात्मक मानेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर