आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो — OSNepal

आज अमेरिकी डलर सहित केही देशको मुद्राको मूल्य बढ्यो

LC (KTM) January 28, 2022 0

काठमाडौं, १४ माघ-नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ १७ पैसा र बिक्री दर १३४ रुपैयाँ ८५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ९० पैसा र बिक्री दर १६१ रुपैयाँ ७१ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९८ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ चार पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८३ पैसा र बिक्री दर १८ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९४ पैसा र बिक्री दर ३२ रुपैयाँ १० पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ९१ पैसा र बिक्री दर ३३ रुपैयाँ सात पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९६ पैसा र बिक्री दर १० रुपैयाँ एक पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर