प्रतिबन्धित १६० केजी गाजा बरामद, बरामद भएको गाजा प्रहरीलाई जिम्मा लगाउने तयारी – OSNepal

प्रतिबन्धित १६० केजी गाजा बरामद, बरामद भएको गाजा प्रहरीलाई जिम्मा लगाउने तयारी

Osnepal Admin (KTM) January 28, 2022 0

महोत्तरी, १४ माघ-सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलाेग्राम गाजा बरामद गरेको छ ।सशस्त्र प्रहरी छिनमस्ता बाहीनीबाट खटिएको टाेलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।

सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।

परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement