संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिँदै चीन — OSNepal

संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिँदै चीन

LC (KTM) January 28, 2022 0

काठमाडौं। चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ। मस्कले ४२ हजार स्याटलाइट तयार पारे भने चीनले त्यसको जवाफमा १३ हजार स्याटलाइट लन्च गर्ने भएको छ। चीनले सबै स्याटलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ। उता, चीनको यस्तो ठूलो योजनाले संसारभर जासुसीको डर पैदा हुन पुगेको छ।

डेली मेलको रिपोर्टअनुसार चीनको यो योजनाको उद्देश्य फाइभजी सेवालाई गति दिनु रहेको छ। यी स्याटलाइट निर्माण कार्य चोङकिङ सहरमा भइरहेको छ । चीनले आफ्ना ग्रामीण इलाकामा इन्टरेनेट सेवा वितरण गर्ने बताए पनि यसबारे थप कुरा बाहिर आएको छैन।

अहिले संसारभर फ्रिक्वेन्सीमा कब्जा जमाउने विषयमा होडबाजी चलिरहेको छ। यस विषयमा चीनले चिन्ता जनाउँदै आएको छ। आशंका के गरिँदै छ भने यो हाइस्पिड इन्टरनेट सेवा विस्तारमा चीन अघि बढिरहेको छ । चीनले यस्तो स्याटलाइट अमेरिकालगायतका मुलुकको जासुसी गर्नमा प्रयोग गर्नसक्ने सन्दर्भलाई लिएर यतिखेर चिन्ता बढेको छ । उसै पनि कोरोना महामारीको विषयलाई लिएर चीन र पश्चिमा मुलुकहरूबीच तनाव कायमै छ।

मंगलग्रहमा सहर बसाउने सपना देखिरहेका स्पेसएक्स कम्पनीका मालिक एलन मस्क पूरै अन्तरिक्षलाई आफ्नो स्टारलिंक उपग्रहबाट बाँध्ने कार्यमा जुटिरहेका छन् । मस्कको कम्पनीले अहिलेसम्म दुई हजार उपग्रह अन्तरिक्षमा छाडिसकेका छन् । उनको योजना कुल ४२ हजार उपग्रहलाई अन्तरिक्षमा छाड्नु रहेको छ ।

हालै फाल्क रकेटको मद्दतमा स्पेसएक्सले ४९ स्टारलिंक उपग्रह अन्तरिक्षमा छाडेको थियो । यिनै उपग्रहको मद्दतबाट मस्क सारा संसारमा इन्टरनेट सेवा सुरु गर्ने तयारीमा छन् । यही कार्य गर्न चीन पनि अग्रसर भइरहेको देखिन्छ । (एजेन्सी)चीन भर्सेस एलन मस्क
न्युज कारखाना
काठमाडौं, १४ माघ

चीनले संसारकै धनी व्यक्ति एलन मस्कलाई सीधा टक्कर दिने अभियान थालेको छ । मस्कले ४२ हजार स्याटलाइट तयार पारे भने चीनले त्यसको जवाफमा १३ हजार स्याटलाइट लन्च गर्ने भएको छ । चीनले सबै स्याटलाइट पृथ्वीको तल्लो तहमा तैनाथ गर्नेछ । उता, चीनको यस्तो ठूलो योजनाले संसारभर जासुसीको डर पैदा हुन पुगेको छ ।

डेली मेलको रिपोर्टअनुसार चीनको यो योजनाको उद्देश्य फाइभजी सेवालाई गति दिनु रहेको छ । यी स्याटलाइट निर्माण कार्य चोङकिङ सहरमा भइरहेको छ । चीनले आफ्ना ग्रामीण इलाकामा इन्टरेनेट सेवा वितरण गर्ने बताए पनि यसबारे थप कुरा बाहिर आएको छैन ।

अहिले संसारभर फ्रिक्वेन्सीमा कब्जा जमाउने विषयमा होडबाजी चलिरहेको छ । यस विषयमा चीनले चिन्ता जनाउँदै आएको छ ।

आशंका के गरिँदै छ भने यो हाइस्पिड इन्टरनेट सेवा विस्तारमा चीन अघि बढिरहेको छ । चीनले यस्तो स्याटलाइट अमेरिकालगायतका मुलुकको जासुसी गर्नमा प्रयोग गर्नसक्ने सन्दर्भलाई लिएर यतिखेर चिन्ता बढेको छ । उसै पनि कोरोना महामारीको विषयलाई लिएर चीन र पश्चिमा मुलुकहरूबीच तनाव कायमै छ ।

मंगलग्रहमा सहर बसाउने सपना देखिरहेका स्पेसएक्स कम्पनीका मालिक एलन मस्क पूरै अन्तरिक्षलाई आफ्नो स्टारलिंक उपग्रहबाट बाँध्ने कार्यमा जुटिरहेका छन् । मस्कको कम्पनीले अहिलेसम्म दुई हजार उपग्रह अन्तरिक्षमा छाडिसकेका छन् । उनको योजना कुल ४२ हजार उपग्रहलाई अन्तरिक्षमा छाड्नु रहेको छ ।

हालै फाल्क रकेटको मद्दतमा स्पेसएक्सले ४९ स्टारलिंक उपग्रह अन्तरिक्षमा छाडेको थियो । यिनै उपग्रहको मद्दतबाट मस्क सारा संसारमा इन्टरनेट सेवा सुरु गर्ने तयारीमा छन् । यही कार्य गर्न चीन पनि अग्रसर भइरहेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर