भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए, ६२७ जनाको मृत्यु — OSNepal

भारतमा थप एक लाख ५१ हजारभन्दा बढी कोरोना सङ्क्रमित थपिए, ६२७ जनाको मृत्यु

LC (KTM) January 28, 2022 0

नयाँदिल्ली १४ माघ – भारतमा गत २४ घण्टामा कोरोनाबाट थप एक लाख ५१ हजार २०९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । हाल भारतमा कोरोना पोजेटिभ दर १५.८८ रहेको जनाइएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म चार करोड ६ लाख २२ हजार भन्दा बढी सङ्क्रमित भएका छन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या २१ लाख ५ हजार ६११ रहेका छन् । गएको २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ४४३ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ८० लाख २४ हजार ७७१ जनालाई कोरोना सङ्क्रमण निको भईसकेको छ ।

गत २४ घण्टामा भारतमा कोरोनाको कारण ६२७ जनाको मृत्यु भएको यसैसंँगै कोरोना शुरु भएबाट हालसम्म मृत्यु हुनेको संख्या चार लाख ९२ हजार ३२७ पुगेको छ । कोरोना सुरु भएदेखि हालसम्म ७२ करोड ३७ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ६४ करोड ४४ लाख ७३ हजारभन्दा बढी डोज खोप लगाइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर