कार्यालयभित्र विचौलियालाई प्रवेश नदिन कर्मचारीलाई मन्त्रीको दाहालको निर्देशन — OSNepal

कार्यालयभित्र विचौलियालाई प्रवेश नदिन कर्मचारीलाई मन्त्रीको दाहालको निर्देशन

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले विचौलियालाई कार्यालयभित्र प्रवेश नदिन कर्मचारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार यातायात व्यवस्था कार्यालय गुर्जुधाराको अनुगमन गर्दै मन्त्री दाहालले कर्मचारीले नै विचौलीया कार्यालय भित्र प्रवेश गराउने भन्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

विचौलियालाई प्रवेश गर्न नदिए जनताको सास्ती कम हुने बताएका उनले छिटो काम गर्नका लागि सर्बसाधारणहरुले बाध्य भएर विचौलियाको साहारा लिने गरेको स्पष्ट पारेका छन् ।

अनुगमनको क्रममा उनले कार्यालयको व्यवस्थापन पनि सुधार गर्न निर्देशन दिएका छन् । सेवाग्राहीको गुनासो आएपछि मन्त्री दाहाले अनुगमलाई तीव्र बनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर