पैसाका लागि नवजोत सिद्धुले आफ्नै आमालाई बेबारिसे बनाएको लाग्यो गम्भिर आरोप — OSNepal

पैसाका लागि नवजोत सिद्धुले आफ्नै आमालाई बेबारिसे बनाएको लाग्यो गम्भिर आरोप

LC (KTM) January 28, 2022 0

काठमाडौं । पंजाब काँग्रेसका अध्यक्ष नवजोत सिद्धुलाई उनकी दिदीले पैसाका लागि आमालाई बेसाहारा बनाएको आरोप लगाएकी छिन् । अमेरिकामा बस्दै आएकी सिद्धुकी दिदी सुमन तुरले बुढेसकालमा आएर सिद्धुले आफ्नै आमालाई हेला गरेको जस्तो गम्भिर आरोप लगाएकी हुन् ।

सन् १९८६ मा सिद्धुका बाबुको निधन भएपछि उनले आमालाई छाडिदिएको आरोप सुमनले लगाएकी छिन् । दिल्ली रेलवे स्टेशनमा सन् १९८९ मा आमाको एक बेसाहारा महिलाका रुपमा निधन भएको सुमनले दोहोर्याएर उल्लेख गरिन् ।

आमा अन्तिम समयमा अस्पतालमा छटपटाइरहेका बेला आँफुले सिद्धुलाई कैयौँ म्यासेज र फोन गरेको तर सिद्धुले कुनै प्रतिक्रिया नदिएको समेत सुमनले दाबी गरेकी छिन् । सुमनले आँफुले दाबी गरेका सारा कुराहरुको प्रमाण आँफुसँग भएको समेत उल्लेख गरेकी छिन् ।

दिदी सुमनले सिद्धुले पैसाका लागि आमालाई बेबारिसे अवस्थामा छाडेका कारण उसमा दयामाया र हरि हराएको समेत भन्न छाडेकी छैनन् । दिदी सुमले यस्तो गम्भिर आरोप लगाएका बेला सिद्धुले अहिलेसम्म केही बोलेका छैनन् ।

सिद्धुले लामो समय कमेडियन कपिल शर्माको हाँस्य कार्यक्रम द कपिल शर्मा शोमा लामो समय काम गरे । पछिल्ला दिनमा उनी विबादमा तानिएपछि उनको स्थानमा अर्चनाले काम गरिरहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर