देउवासहित कांग्रेसमा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन, को -को परे ? (सुचीसहित) — OSNepal

देउवासहित कांग्रेसमा ३७ सदस्यीय कार्यसम्पादन समिति गठन, को -को परे ? (सुचीसहित)

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । नेपाली कांग्रेसको आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको छ । प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको आकार ठूलो भएपछि शुक्रबार भर्चुअल बैठकबाट कार्यसम्पादन समिति गठन गरेका हुन् ।

देउवाले गठन गरेको कार्यसम्पादनमा समितिमा ३७ जना सदस्य रहेका छन् बाँकी ११ जना पछि मनोनित गर्ने देउवाको तयारी रहेको छ ।
उक्त कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी र ३१ केन्द्रीय सदस्यका साथै पार्टी प्रवक्ता र संसदीय दलको नेता सदस्य हुने व्यवस्था रहेको छ ।

कार्यसमितिमा सदस्यमा देउवासहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा , सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

केन्द्रीय सदस्यहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महतहेका छन् ।

साथै, सुनीलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा. नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर