नेपाल इको प्यानल अव नेपालगञ्जमा पनि — OSNepal

नेपाल इको प्यानल अव नेपालगञ्जमा पनि

LC (KTM) January 28, 2022 0

काठमाडौं । नेपालगञ्जका प्रख्यात इन्जिनियर दिनेश मगरद्धारा सञ्चालित डीजी सप्लायर्स पश्चिम नेपालमा नेपाल इको प्यानल विक्रीवितरणका लागि डिलरमा नियुक्त भएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले पश्चिम नेपालको नेपालगञ्ज, कोहलपुर, चिसापानीलगायतका ठाउँंहरुमा नेपाल इको प्यानल विक्रीवितरणका लागि डीजी सप्लायर्सलाई डिलरमा नियुक्त गरेको जानकारी गराए ।

डीजी सप्लायर्स रन्जा एयरपोर्ट नेपालगञ्ज २० मा रहेको छ । प्रबन्ध निर्देशक इन्जिनियर दिनेश मगरले नेपालगञ्जलगायत पश्चिम नेपालको विकास निर्माणलाई तीव्रत दिन आफू नेपाल इको प्यानलको डिलर्समा नियुक्त भएको भन्दै खुशी साटे । धेरै होटेलहरुको डिजाइन बनाएका त्यस क्षेत्रका प्रख्यात इन्जिनियर मगरले पहिला परम्परागत निर्माण सामाग्रीमा काम गरेकोमा अहिले आफै पनि बैकल्पिक निर्माण सामाग्री प्रविधिमा कार्यरत रहेको र नेपाल इको प्यानल जस्तो हलुका, भूकम्पप्रतिरोधी, वातावरणमैत्री आदि विशेषता भएको नेपाल इको प्यानलको प्रयोगले पश्चिम नेपालको विकासमा इटा थप्नसक्ने विश्वास लिए ।

सिभिल इन्जिनियर मगरको परिवार नै इन्जिनियरिङ क्षेत्रमा लामो समयदेखि कार्यरत छन् । उनकी श्रीमती प्रियंका थापा पनि पश्चिम नेपालका प्रख्यात आर्किटेक्ट हुन् । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । पछिल्लो पटक उत्पादित नेपाल इको प्यानलका इको प्यानलहरु देशैभरि लोकप्रिय हुँंदै आएको छ । यसको इको प्यानल उत्पादन कारखाना भने भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर