संविधानले परिकल्पना गरेअनुसार काम गर्न यो संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ — OSNepal

संविधानले परिकल्पना गरेअनुसार काम गर्न यो संसदीय सुनुवाइ समितिको कुनै औचित्य छैन : देव गुरुङ

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसदीय सुनुवाइ समितिको कुनै औचित्य नभएको स्पष्ट पारेका छन् ।

आज शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा यसको औचित्य नभएको बताएका हुन् । उक्त बैठकमा नेपाल कानुन आयोगले तयार पार्न लागेको विधयेकका बारेमा छलफल गरिएको थियो ।

संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताएका उनले यसलाई प्रभावकारी बनाउन संघीय संसद ऐनलाई संशोधन गरेर अघि बढनु पर्ने बताएका छन् ।

नेता गुरुङले आफ्नो अहिले सम्मको अनुभवको आधारमा यो संसदीय सुनुवाइ समितिको कुनै औचित्य नभएको प्रष्टाएका हुन् ।

बैठकमा नेता गुरुङले हाल मन्त्रिपरिषद, कानुन परिषद् वा संवैधानिक परिषद्ले सिफारिस गरेका प्रस्तावलाई स्वीकार गरेर जाने अवस्था समेत भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर