बेइजिङ नजिकैको आर्थिक क्षेत्रमा पनि लकडाउन — OSNepal

बेइजिङ नजिकैको आर्थिक क्षेत्रमा पनि लकडाउन

LC (KTM) January 28, 2022 0

एजेन्सी-चीनमा बेइजिङनजिकैको क्षेत्रमा लकडाउन गरिएको छ । कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट १०० किलोमिटर दक्षिण पश्चिममा रहेको सियोंगान न्यु एरियामा अधिकारीहरुले लकडाउन घोषणा गरेका हुन् ।

करिव १२ लाख जनसंख्या भएको सो क्षेत्र चीनको नयाँ आर्थिक क्षेत्र हो । त्यहाँका वासिन्दालाई घरबाहिर निस्कन वा त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको स्थानीय भाइरस रोकथाम कर्मचारीले एएफपीलाई बताए ।

चीनमा हालसालै गरिएका लकडाउनलाई सार्वजनिक रुपमा घोषणा र सरकारी सञ्चार माध्यमले वृहत रिपोर्ट गरेपनि सियोंगानको प्रतिबन्ध विना सूचना लगाइएको र त्यसले त्यहाँका केही वासिन्दामा दुविधा सृजना गरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर