स्थानीय निर्वाचनको विषयमा गठवन्धनमा भएको छलफल संविधानसम्मत नभएको महामन्त्री गगन थापाको दावी — OSNepal

स्थानीय निर्वाचनको विषयमा गठवन्धनमा भएको छलफल संविधानसम्मत नभएको महामन्त्री गगन थापाको दावी

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय निर्वाचनका सन्दर्भमा सत्ता गठवन्धनमा भएको छलफल संविधानसम्मत नभएको स्पष्ट पारेका छन् ।

पार्टीको आज शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठक पछि सञ्चारकर्मीसँग बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

‘स्थानीय निर्वाचनका सन्दर्भमा अहिले जे–जस्तो विषयहरू गठबन्धनभित्र प्रवेश भएको छ र जुन जुन विकल्पहरुको बारेमा छलफल भयो भनेर सञ्चार माध्यमबाट बाहिर आएका छन् । ती कुनै पनि विषयहरु संविधानसम्मत छैनन्’ थापाले भनेका छन् ।

हामीले त्यो कोणबाट हाम्रो संविधानलाई बुझ्यौ र त्यसको आधारमा स्थानीय निर्वाचनका बारेमा हामी अहिले कानून संशोधन गरेर निर्णय गर्छौ भनेर जुन कुरा आइरहेको छ, त्यो गर्‍यौँ भने संविधानसम्मत हुँदैन ।

संविधान सम्मत नभएको कुरालाई कांग्रेसले बोक्नुपर्ने कुनै कारण नभएको बताएका उनले गठबन्धनका अन्य नेताहरुले यो कुरा बुझ्नुपर्ने बताएका छन् । ‘संविधानसँग बाझिने गरी कुनै पनि काम गठबन्धनले गर्दैन भन्ने कुराको मलाई विश्वास छ ।’उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर