उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्यो — OSNepal

उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्यो

LC (KTM) January 28, 2022 0

काठमाडौं १४ माघ काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनमा लगाइएको जोर–बिजोर प्रणाली हटाइएको छ ।

आज बसेको कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारी साधनमा जोर विजोर हटाउन सिफारिस गरेको थियो ।

त्यसपश्चात उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी (सिडियो) सम्मिलित बैठकले आज शुक्रबार राति १२ बजेबाट लागु हुने गरि जोर–बिजोर प्रणाली हटाएको हो ।

निजी सवारीमा भने जोर बिजोर प्रणाली कायमै राखिने काठमाडौंका प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर