लाखौ खर्च गरेर रोनाल्डोले आफ्नी गर्लफ्रेण्डको जन्म दिन मनाए , बिश्वकै अग्लो बुर्ज खलिफा ह्यापी वर्थ डे जियो’ लेख्न मात्र यति रकम खर्च गरेर — OSNepal

लाखौ खर्च गरेर रोनाल्डोले आफ्नी गर्लफ्रेण्डको जन्म दिन मनाए , बिश्वकै अग्लो बुर्ज खलिफा ह्यापी वर्थ डे जियो’ लेख्न मात्र यति रकम खर्च गरेर

LC (KTM) January 28, 2022 0

क्रिस्टियानो रोनाल्डो फुटबलका मात्र कुशल खेलाडी हैनन् । उनी रियल लाईफमा समेत एकदमै चतुर र माहिर खेलाडी हुन् । आफ्नो सन्तान र श्रीमतीलाई कसरी खुशी राख्न सकिन्छ भन्ने कुरा उनलाई मज्जाले थाहा छ । यसैबीच विश्व फुटबलको यि सुपर स्टारले गर्लफ्रेन्ड जार्जिना रोड्रिगेजको २८ औं जन्मदिन एकदमै विशेष तरिकाले मनाएका छन् ।

रोनाल्डोले गर्लफ्रेन्डको जन्मदिनमा विश्वकै सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलिफामा जार्जिनाको फोटो प्रर्दशन गरेर जन्मदिनको शुभकामना दिएका छन् । रोनाल्डोले गर्लफ्रेन्डलाई जन्म दिनको शुभकामना दिन माबै लाखौं रुपैयाँ खर्च गरेका छन् । जार्जिनाको तस्विरसँगै उनले ‘ह्यापी वर्थ डे जियो’ लेखेका थिए ।

रोनाल्डोले बुर्ज खलिफाको ठिक नजिक परिवारसँग तस्विर पनि खिचाए । रोनाल्डो अहिले दुबईमा परिवारसँग समय बिताईरहेका छन् । रोनाल्डोले एउटा भिडियो समेत शेयर गरेका छन् । द सनको रिपोर्टका अनुसार बुर्ज खलिफामा तीन मिनेटको प्रोमोशनल भिडियो वा म्यासेजको लागि करिब ५० लाख रुपैयाँ लाग्छ । शनिबार र आईतबारको दिन अझ महङ्गो पर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर